विशाल बंगला होस् वा झुपडी, हरेक मान्छेलाई घर अनिवार्य चाहिन्छ । तर, नेपालमा कति प्रतिशत मान्छेको आफ्नै घर छ ? कतिप्रतिशत भाडामा बस्छन् ? कति घरविहिन छन् ?
घर बनाउन महँगो पर्नुका केहि कारणहरु
१. निर्माण सामाग्रीमा विविधता
नेपालमा आवास सम्बन्धी कडा मापदण्डहरु नभएकाले सबैले आ-आफ्नै तरिकाको घर बनाउछौँ, जसले सामाग्रीको मूल्यमा विविधता ल्याउँछ।
२. घरको नक्सा डिजाइन
घरको डिजाइनले पनि खर्चमा तलमाथि पार्छ। नक्सा बनाउँदा सुरक्षा र लगानी दुवैलाई ध्यान नदिँदा लागत बढ्न जान्छ।
३. फरक-फरक आकार प्रकार र क्षेत्रफलको जग्गा
जग्गाको क्षेत्रफल उस्तै भए पनि आकार फरक हुन सक्छ, जसले हरेक घरको लागि छुट्टै नक्सा बनाउनुपर्ने हुन्छ।
४. मौसमी लेवर
निर्माण लेवर र मिस्त्रीहरु मौसम अनुसार गाउँ फर्कने भएकाले आपूर्ति कम हुँदा दररेट बढ्छ।
५. ढुवानीमा समस्या
काठमाडौं उपत्यकामा ठूला गाडीले दिनको समयमा ढुवानी गर्न नपाउने नियमले निर्माण सामाग्रीको मूल्य बढाउँछ।
यस्ता थुप्रै साना ठुला कारणहरुले घर निर्माणलाई महँगो बनाउँछन्, तर केहि साना कुरामा ध्यान दिने हो भने निश्चित रुपमा घर बनाउने लागतमा कमी ल्याउन सकिन्छ।